सन्दिप लामिछानेको टिम दिल्लीसंग किङ्स–११ पन्जाब भिड्दै, सन्दिप खेल्ने लगभग निश्चित

काठमाडाैं । विश्वको महँगो क्रिकेट लिग मध्येको इन्डियन प्रिमियर लिग आइपीएलमा आज दिल्ली क्यापिटल्स र किङ्स–११ पन्जाब खेल्दै छन । नेपाली लेगस्पिनर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले यस अघि २ खेल जितिसकेको छ भने एक खेलमा हार बेहोरेको छ ।

प्रतियोगिताको दाबेदारका रुपमा आज तेस्रो जितको लागी दिल्ली क्यापिटल्स  रहने छ । आजको खेलमा सन्दिप लामिछानेले मौका पाउने क्रिकेटको ठुलो वेबसाइट क्रिकबुजले जनाएको छ । अघिल्लो खेलमा कोलकता नाइट राइडर्समाथि सुपर ओभरमा रोमान्चक जित निकाल्ने क्रममा दिल्ली क्यापिटल्सका सन्दीपले शानदार बलिङ गरेका थिए ।

सुरुआतका दुई खेलमा स्थान बनाउन नसकेका उनले तेस्रो खेलमा आफूलाई प्रमाणित गरेका थिए । ४ ओभर बलिङ गर्दै सन्दीपले २९ रन खर्चिएर १ विकेट लिए । सुब मनगिललाई रनआउट गरेका उनले निखिल नायकलाई एलबिडब्लु धरापमा पारेका थिए ।

सन्दिप लामिछाने तिन वर्षका लागी दिल्लीले प्रत्यक वर्ष २० लाख भारुमा आफ्नो टिममा आवद्द गरेको हो ।

खेल नेपाली समय अनुसार ८ : १५ बजे सुरु हुनेछ ।