जस्टिन बिबर पिता बन्दै, यसबारे गरे आँफैले खुलासा

काठमाडौं, १८ चैत्र । हलिउड चर्चित गायक जस्टिन बिबर बाबु बन्ने भएका छन् । जस्टिनले इन्स्टाग्राममा लामो पोस्ट गर्दै आफु बाबु बन्न लागेको संकेत दिएका हुन् ।

कहिले गर्लफ्रेन्डसंग ब्रेकअपका कारण, कहिले विवाहका कारणले त कहिले श्रीमतीसँगको झगडाको खबरले मिडियामा छाउने गरेका गायक जस्टिन अहिले भने पिता बन्ने खबरले मिडियामा छन् ।

उनकी पत्नी हैली वाल्डविन गर्भवती छिन् । जस्टिनले पोस्टमा आफ्नो निजी जीवनको अनुभव र तनावमा चलिरहेको दिन चर्याबारे बताएका छन् । साथै, उनले राम्रो श्रीमान र पिताले निभाउनुपर्ने जिम्मेवारीको पनि कुरा गरेका छन् ।

जस्टिनको त्यही पोस्टका कारण हैली गर्भवती भएको हल्ला चलेको हो । उनले भनेका छन्, ‘म मेरो विवाह सम्हाल्न सक्षम छु र पिता बन्न पनि । म त्यो चाहन्छु पनि ।’

उनीहरूले गत वर्ष विवाह गरेका हुन् । हैली अमेरिकी मोडल हुन् ।