महामन्त्री कोइरालाद्वारा दुःख व्यक्त

काठमाडौँ, १८ चैत । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आइतबार साँझ आएकोे भीषण हावाहुरीका कारण बारा र पर्सामा धेरैको ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत विपद्मा परी दिवङ्गत भएका सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै उहाँहरुको चीर शान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

महामन्त्री कोइरालाले घाइतेको तत्काल उद्धार र उपचारको प्रबन्ध गर्न तथा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गर्दै राहत र उद्धारमा जुट्न तथा पीडित परिवारको पुनःस्थापनामा सहयोग पु¥याउन सबैमा आग्रह गर्र्नुभएको छ । -रासस