नेपाली चलचित्र क्षेत्रको उछितो काढे निर्माता तथा कलाकार निर्मल शर्माले, ७ प्रकारमा बर्गिकरण गरे कलाकारलाई (स्टाटससहित)

काठमाडौं, १८ चैत । कलाकार निर्माता निर्मल शर्मा सामाजिक सञ्जालमा प्राय अपडेट हुने गरेका छन् । नेपाली चलचित्रसँग सम्बन्धित व्यक्तिहरूको जन्मदिनको शुभकामना दिनेदेखि नेपाली चलचित्र क्षेत्रको राम्रा नराम्रा पक्षको बिषयमा र समसामयिक विषयमा उनले हमेसा आफ्ना धारणा राख्ने गर्छन् ।

यसै क्रममा शर्माले सोमबार बिहान फेसबकुमा एउटा लामो स्टाटस लेखेर नेपाली कलाकारको हुर्मत काढेका छन् । उनले कलाकारको उछितो मात्रै काढेका छैनन्, राम्रा कलाकारको खुलेर तारिफ पनि गरेका छन् । शर्माले आफैंलाई पनि उडाएका छन् । उनले आफूलाई फेसबुके कलाकार भनेर उडाएका छन् ।

शर्माले नेपालमा सात प्रकारको कलाकार रहेको उल्लेख गरेका छन् । त्यस्ता कलाकारको वर्गीकरण गर्दै क–कसले के के गर्छन् ? भन्ने खुलाएका पनि छन् । शर्माले कोही परिचय पत्र देखाउने कलाकार, कोही समाचारमा आइरहन रुचाउने कलाकार, कोही युट्युबे कलाकार, कोही पारिश्रमिक धेरै लिएर निर्माता डुबाउने कलाकारसम्म रहेको उल्लेख गरेका छन् ।

शर्माले केही चुनावमा मात्र सक्रिय हुने कलाकार, कोही सामाजिक काम सक्रिय हुने धुर्मुस सुन्तली जस्ता कलाकार, कोही अभिनय राम्रो गर्ने खगेन्द्र लामिछाने, विपीन कार्की, मेनुका प्रधान जस्ता कलाकार रहेको पनि उल्लेख गरेका छन् ।

उनको स्टाटस जस्ताको त्यस्तै तल हेर्नुहोस्-