रामबहादुर बम्जनलाई कार्वाही गर्न सांसद बिमला बिकको माग

काठमाडौं, १९ पुस । लिटल बुद्ध भनेर प्रचार गरिएका रामबहादुर बम्जनको बिषय संसदमा समेत उठेको छ ।

आश्रमका आनीहरु बेपत्ता बनाएको, बलात्कार र हत्यासम्मका घटना घटाएको आरोप लागेका तपश्वी बम्जनमाथि तत्काल छानविन गरी कार्वाही गर्न सांसदहरुले माग गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभाको संसद बैठकमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद विमला बिकले बम्जनमाथि छानबिन गरी कार्बाही गर्न गृह मन्त्रालयसँग माग गरेकी हुन् ।

सांसद विकले बम्जनले आनीहरूलाई यौन हिंसा गरेको तथा बेपत्ता बनाएको भन्ने खबर आइरहेकोप्रति ध्यानाकर्षण गराउँदै कार्बाही गर्न सरकारसँग माग गरिन् ।