नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोलि आवश्यक उपकरणसहित हेलिकप्टर लिएर बारा पुग्यो, अर्को टोली भेन्टिलेटर सहितको एम्बुलेन्समा त्रिभुवन विमानस्थलमा तम्तयार

काठमाडौं, १८ चैत्र । आइतबार राति हावाहुरीले बारा र प्[पर्सामा मच्याएको बितण्डबाट घाइतेहरुको उपचार गर्न नेपाल मेडिसिटी अस्पतालको चिकित्सकसहितको टोली आवश्यक मेडिकल उपकरण सहित हेलिकप्टर हेलिकप्टर लिएर बारा पुगेको छ।

घाइतेको उद्धार एवं उपचारका लागि नेपाल मेडिसिटी अस्पतालले आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली बारा पठाएको हो ।

त्यसैगरी अर्को मेडिकल टोली भेन्टिलेटर सहितको एम्बुलेन्समा त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो विरामीलाई आवश्यक सहयोग र समन्वयका लागि बारामा पुगेका छन् ।