के यो सरकार डा. सुरेन्द्र केसी, भरत दाहालको निगरानी गर्ने? नेत्रविक्रम लाई धम्काउनु (भिडियो सहित)

काठमाडौँ । पत्रकार एवम राजनीतिक बिस्लेसक अनिल योगिले सरकारले नेत्रबिक्रम चन्दलाई धम्क्याएको नेत्रबिक्रमलाई नभएर नेपाली जनतालाई धम्क्याएको आरोप लगाउदै बिदेशीका तागतमा मनपरी गर्नेहरुले देश भक्त नेता कार्यकर्ता बुद्दिजिबी बर्ग र आम जनतालाई शासन गरिरहेको अहिलेको लुट अब धेरैदिन नटिक्ने दाबी गर्दै अब जनताले बेथिती बिरुद्ध एकजुट हुनुको बिकल्प नभएको बताएका छन ।

पुर्व राजाले जनताका बिच मा इमान्दारपुर्वक पुग्न सके नेपाली जनताकै बलमा राज सस्था स्थापित हुने भन्दै राजाले खराब घेराभन्दा माथी उठेर लोकतान्त्रिक मुल्यमान्यता र जनताको प्रजातान्त्रिक अधिकारलाई सुनिस्चित गर्ने भुमिका सहित मुलुकप्रती जवाफदेही रहेका सच्चा बुद्दिजिबी ,पत्रकार र राजनिति कर्मीहरु बिच छलफल चलाएर देश रक्षाको अहम भुमिका निर्बाह गर्नु पर्ने सुझाव समेत दिएका छन ।

२०४६ देखि यताको राजनितीको चरित्र हेर्दा नेपाल युद्धको कारखाना जस्तो भएको भन्दै आक्रोश पोखेका योगिले मुलुकलाई एकताको सुत्रमा जोड्न राज सस्था अपरिहार्य बन्दैगएको जनताले महसुस गरिरहेको भन्दै गैर न्यायीक रुपमा शक्ति केन्द्रको डिजाइन मा नेपाली ले नेपाली नै मराउने खेलमा नलाग्न बर्तमान केपि नेतृत्व को नेकपा सरकारलाई अनुरोध समेत गरेका छन ।