अपडेट : बारा र पर्सामा आएको भिषण हावाहुरीबाट मृत्यु हुनेको सख्या ३१ पुग्यो,६०० भन्दा बढी घाइते

वीरगञ्ज, १८ चैत । आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा मृतकको संख्या ३१ जना पुगेको छ भने ६०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा मानवीय क्षति र धनजनको क्षति भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो ।

अहिले उद्धारकार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको बताइएको छ ।