ठगीको आरोपमा कलाकार तथा निर्मात्री प्रज्ञा जोशी इटहरीबाट पक्राउ !

इटहरी, १८ चैत्र । कलाकार तथा निमात्री प्रज्ञा जोशी ५० लाख ठगी गरेको आरोपमा इटहरीबाट पक्राउ परेकी छिन् ।

ठगी गरेर लामो समय देखि इटहरीमा लुकिछिपि बस्दै आएकी जोशीलाई इटहरी प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा जोशीलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यलय इटहरीले बताएकाे छ ।

सुबर्ण कुमारी श्रेष्ठले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा ठगीविरुद्ध उजुरी दिएकाे अाधारमा जोशीलाई पक्राउ गरीएको र उनलाई भाेली काठमाण्डौ लौजाने तयारी भईरहेको समाचारमा उल्लेख छ ।