विवेकशील साझा पार्टीले बक्तब्य जारी गर्दै भन्यो – ‘आँधिहुरीबाट घाइतेका लागी तत्काल रक्तदान गरौँ’

काठमाडौं, १८ चैत । विवेकशील साझा पार्टीले बारा र पर्साको आँधीबेहरीमा परेर घाइते बनेकाहरुका लागि रगतको अभाव भएको भन्दै तत्काल रक्तदान गर्न सबैमा आग्रह गरेको छ ।

सोमबार बिहानै प्रेस वक्तव्य जारी गर्दै विवेकशीलले वीरगञ्ज र कलैयाका अस्पतालहरुमा भर्ना गरिएका घाइतेहरुलाई रगतको अभाव भएकोले तत्काल रक्तदान गर्न सबैमा आग्रह गरेको हो ।

विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा घाइतेहरुको उपचारमा अभाव खड्किन निदन र बेलैमा उद्धार कार्यमा खटिन सबैमा रक्तदान गर्न आग्रह गरिएको छ ।

अस्पतालमा एकसाथ ४ सय भन्दा बढी घाइते बनेकाले उपचार सामाग्री र बेडका साथै रगतको समेत अभाव देखिएको छ ।

घाइतेहरुलाई रगतको अभाव भएपछि आइतबार राति नै त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले समेत रक्तदान गरेका थिए ।