गृहजिल्लाका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्दै प्रधानमन्त्री ओली चन्द्रगढीबाट हेलिकोप्टरमार्फत् सीधै बारा जाँदै

काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका पुर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेर आँधी प्रभावित जिल्ला जाने भएका छन् ।

आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गर्दै बारा जाने भएका हुन् ।

प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओली अब चन्द्रगढीबाट हेलिकोप्टरमार्फत् सीधै बारा जाँदैछन् ।

झापा र मोरङका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आइतबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए ।