लगातार बढ्यो अमेरिकी डलरको मुल्य, कति पुग्यो ? (सुचीसहित)

काठमाडौँ , १८ चैत्र । नेपालि बजारमा साताको दोस्रो दिन सोमबार पनि अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य झिनो पैसाले उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ९५ पैसा रहेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १ सय ४३ रुपैयाँ ९५ पैसा, १ सय ४४ रुपैयाँ ७४ पैसा रहेको छ । युएई दिराम १ को खरिददर ३० रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २१ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १८ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तालिकामा हेर्नुहोस् –