अच्युतम् पुडासैनीलाई घरबाट बाहिर बोलाएर छातीमा गोलि ठोकी मोटरसाइकलमा भागे दुई जना युवा, उपचारका क्रममा पुडासैनीको मृत्यु !

तौलिहवा, १८ चैत्र । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ ।

अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको हो ।

छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए ।

एउटा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर नजिकै गोली प्रहार गरी भागेका थिए ।

घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
हत्या गरिएका पुरी वैदेशिक रोजगारीमा युवालाई विदेश पठाउने काम गर्दै आएका थिए ।