ईपीएसको १२ वर्षे इतिहासमा यो वर्ष सबैभन्दा बढी आवेदन, करिव एक लाख युवाले दिए आवेदन

काठमाडौं, १८ चैत्र । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षाका लागि यस वर्ष सबैभन्दा बढी आवेदन परेको छ ।

ईपीएसको १२ वर्षे इतिहासमा यो वर्ष सबैभन्दा बढी नेपाली युवाले कोरियाको भाषा परीक्षामा आवेदन दिएका हुन् ।

चैत्र ८ गतेदेखि १० दिनका लागि खुला गरिएको परीक्षाको आवेदनको अन्तिम दिन आइतबार ८ बजेसम्म ९२ हजार १ सय ५० ले आवेदन दिएका छन् ।