आइतबार राति बारा र पर्सामा काल बनेर आएको हावाहुरीबाट हालसम्म २७ जनाको मृत्यु : घाइतेले भरिए अस्पताल, मृतकको संख्या बढ्न सक्ने !

काठमाडौं, १८ चैत्र । आइतबार राति बारा र पर्सामा स्थानीयबासीका लागि हावाहुरी काल बनेर आयो । उक्त हावाहुरीबाट २७ जनाको मृत्यु भएको पुष्टि भएको छ । जुन नेपालको इतिहासमा अहिलेसमकै हावाहुरीबाट हुने ठुलो मानाविय क्षेती हुन सक्छ ।

आइतबार राती आएको हावाहुरीबाट बारामा २६ जना र पर्सामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाराका डिएसपी हेमबहादुर शाही भन्छन्,‘अहिलेसम्म २६ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ ‘तर अहिले पनि इँटा भट्टाको भग्वावशेष र घर भत्किएका ठाउँमा उद्दार जारी भएका कारण मृतकको संख्या बढ्न सकछ ।’

उनले बारामा चार सयभन्दा धेरै घाइते भएको जानकारी दिए । धेरै घाइते उपचारपछि घर फर्किएका छन् भने गम्भीर घाइतेको उपचार भइरहेको उनले जानकारी दिए ।

बाराका सबै अस्पताल घाइतेले भरिएका छन् । उपचारमा रगतको निकै कमी भएकाले राती नै सुरक्षाकर्मीले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । उनले घाइतेहरु र मृतकहरुको शव संकलनमा प्रहरी सक्रिय भएको जानकारी दिए ।

हावाहुरीले विद्युतका पोल ढेलेका छन् भने पर्खालहरु पनि भत्केका छन् । यस्तै घरका छानासमेत भत्केका छन् । यी ढलेका पोल र पर्खालमा च्यापिएर मानवीय क्षति भएको प्रहरीले जनाएको छ । अहिले बाराका धेरै क्षेत्रमा सडक बिग्रिएका कारण सवारी साधन ठप्प छन् । अस्पताल घाईतेले खचाखच भरिएका छन् ।

यसैगरी हावा हुरीमा परी पर्सामा एक जनाको मृत्यु भएको डिसपी अनन्तराम शर्माले जानकारी दिए । उनले हावाहुरीका कारण गाडी पल्टिएर एक जनाको मृत्यु भएको पुष्टि भएको र करिव आधा दर्जन मानिस घाइते भएको बताए ।