चीनको हाइवेको बीचमा रहेको यो घर किन भत्काईएन ? यस्तो छ कारण

सन् २००३ मा चीनको जेजियांग प्रान्तको जियायांगजङ्ग गाउमा नया हाइवे बनाउने क्रममा हाइवेमा पर्ने घरहरु हटाउने काम शुरु भयो। करिब एक हजार घर परिवारलाई सडक बनाउने भन्दै अन्तै सरेको थियो ।

सरकारले बाटोमा पर्ने घर मालिकहरुलाई उचित मुआब्जा दिएर ति घरहरु हटाएको थियो। सरकारले प्रत्येक घरलाई दुई लख ६० हजार युआन दिएको थियो।

तर,एक घर मालिकले आफ्नो घर सरकारलाई दिन अस्वीकार गरे। पाच तले घरको मालिक लुओ बाओगेन र उनको श्रीमती बस्ने उक्त घर अहिले पनि सडकको बीचमै एक्लै ठडिएको छ । सरकारले उनीहरुलाई घरको मूल्य बराबरको मुआब्जा नदिएको कारण उनीहरु घर भत्काउने अस्विकार गरेको हुन् ।