महिनावारी भएको बेला ढाड र कम्मर किन बेस्सरी दुख्छ ? यस्तो छ कारणहरु

महिलाहरूलाई महिनावारी हुनु एक प्राकृतिक प्रक्रिया हो । सबै महिलाहरुको आफ्नो आफ्नो अवस्था हुन्छ कसैलाई महिनावारी भएको बेला धेरै दुखाई हुने पिडा हुने हुन्छ धेरै रक्तास्राप हुने हुन्छ भने तर कसैलाई हल्का मात्रै हुनेहुन्छ ।

महिलाहरूको ओभरी(गर्भाशय)को इन्टरनल भागलाई एन्ड्रोमेट्रियम भनिन्छ । यदि महिनावारीको अवधिमा यसको केही भाग ओभरी, फैलोपियन ट्यूब या आन्द्रामा पुग्छ भने यसको कारण तीव्र कम्मर दुखाई हुनथाल्छ । चिकित्सकका अनुसार, महिनावारीको अवधिमा तीव्र कम्मर दुखाई हुनुको अन्य कारण पनि छन् ।

१ महिनावारीको अवधिमा धेरै चिसो वा तातो चीजहरू खानुको कारणले तीव्र कम्मर दुख्ने समस्या हुनसक्छ ।

२ यदि कुनै महिलालाई कब्जियतको समस्या छ भने यसको कारणले महिनावारीको अवधिमा तीव्र कम्मर दुख्ने समस्या हुनसक्छ ।

३ हेभी ब्लिडिंगको कारण कयौँ पटक तीव्र कम्मर दुख्ने समस्या हुनसक्छ ।

४ यदि कुनै महिलालाई पहिले देखि नै कमजोरीको समस्या छ भने महिनावारीको अवधिमा तीव्र कम्मर दुख्ने समस्या हुनसक्छ ।

५ जो महिलाहरू स्मोकिंग गर्छन, उनीहरूलाई यसको कारणले कयौँ पटक तीव्र कम्मर दुख्ने समस्या हुनसक्छ ।

६ फेमिली हिस्ट्रीमा कुनै महिलालाई तीव्र कम्मर दुख्ने समस्या छ भने बच्चालाई पनि यो समस्या हुनसक्छ ।

७ अस्वस्थकर आहार सेवन गर्दा कयौँ महिलाहरूलाई तीव्र कम्मर दुख्ने समस्या हुनसक्छ ।

८ ओभरीमा इन्फेक्शन हुनुको कारण महिनावारीको अवधिमा तीव्र कम्मर दुख्ने समस्या हुनसक्छ ।