बारामा आज साँझ आएको भीषण हावाहुरीबाट २१ जनाको मृत्यु, पुरा बस्तीको घरहरु तहसनहस भएकाले मृतकको संख्या बढ्न सक्ने

काठमाडौं, १७ चैत्र । मौसम बदलिसंगै बारामा आज साँझ आएको भीषण हावाहुरीमा परि २१ जनाको मृत्यु भएको छ।

अत्यधिक तिब्र गतिको हुरीको कारण घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले बताए । अहिलेसम्म २१ जनाको शव फेला परे पनि घरहरु पुरै तहस नहस भएका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

प्रहरीका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ।

अहिले प्रहरी लगायत स्थानीय वासिन्दा उद्दारमा खटिरहेको बताइएको छ ।

Update :

दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २५ पुगेको र ४ सय जना भन्दा बढी घाइते भएको पछिल्लो जानकारी । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दुख ब्यक्त । साथै उद्दारको लागी नेपाली सेना परिचालन गर्न निर्देशन ।