आजको राशिफल हेर्नुहोस : वि.सं.२०७५ साल चैत्र १८ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल ०१ तारिख

वि.सं.२०७५ साल चैत्र १८ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल ०१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि एकादशी,०२ घडी ०३ पला,बिहान ०६ बजेर ४६ मिनेट उप्रान्त दुवादशी । करण वालव,बिहान ०६ बजेर ४६ मिनेट उप्रान्त कौलव,बेलुकी ०७ बजेर ४९ मिनेट उप्रान्त तैतिल । नक्षत्र धनिष्ठा,४१ घडी १३ पला,बेलुकी १० बजेर २७ मिनेट उप्रान्त शतभिषा । योग साध्य,३७ घडि ३३ पला,बेलुकी ०८ बजेर ५९ मिनेट उप्रान्त शुभ । आनन्दादिमा शुभ योग । चन्द्रराशि मकर,बिहान ०९ बजेर ०८ मिनेट उप्रान्त कुम्भ । विश्व मूर्ख दिवस । पापमोचनी एकादशी व्रत । काठमाडौंमा सूर्योदय ०५ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २० मिनेट । दिनमान ३० घडी ५८ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सानो प्रयत्नले लक्ष्य प्राप्त गर्न सकिनेछ भने सानो सानो व्यावसाय गर्नेहरुले मनग्गे फाईदा कमाउन सक्नेछन् । आर्थिक अवस्था सुदृढ हुने हुनाले प्रगति पथको यात्रा तय गर्न सकिनेछ । बिभिन्न स्रोत साधनको प्रयोग गरि मनग्गे लाभ लिन सकिनेछ । अध्ययन तथा अध्यापनमा थोरै मेहनेत गर्दा पनि सफलता हात लाग्नेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने घर परिवारमा सबैसँग सम्बन्ध राम्रो बनाउन सकिनेछ । माता पिताको सहयोग पाईने हुनाले अरुभन्दा एक कदम अगाडि बढि काम गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले मन प्रशन्न रहनेछ । पढाई लेखार्ईमा चाहेको सफलता हात लाग्ने हुँनाले गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

शरिर स्वस्थ्य नहुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । कामका सवालमा बिभिन्न बिशिष्ट व्याक्तित्वहरु सँग बिवाद हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ । सरकारी काममा सेवा प्रभाव गर्नेहरुले समयमा काम नगर्दिनाले बिभिन्न अवसरबाट बञ्चित हुनु पर्नेछ । माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले केहि समयका लागि टाडिनु पर्ने हुन सक्छ । धार्मिक तथा सामाजिक कार्यमा सहभागि भई समाजको काम गर्ने बाताबरण बनेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । गोप्यकुराहरु बाहिर आउँने तथा प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

लगनशिल तथा ईमान्दारिता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न गर्न सकिनेछ भने आर्थिक रुपमा सबल हुँने समय रहेकोछ । बिशिष्ट व्याक्तिहरुको संगतले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । तपाईको वरिपरि भएका प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले तत्काल नयाँ काम नगर्नुनै राम्रो रहनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । माया प्रेमका कोपिलाहरु नचाहादा नचाहादै फक्रन नपाउँदा मनमा तनाब पैदा हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिहानको समय राम्रो रहेकोले लामो तथा छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । मध्यान्हबाट आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ भने तपाई आफ्नै कारणले व्याबहार बिग्रनेछ । आफन्त तथा साथिभाईसँग टाडिएर देश बिदेशको यात्रा गर्नुपर्ने योग रहेकोछ । खानपानमा अलमलिदा वा काम बिनाको भेटघाटले आफ्नो काम थाति रहनेछ । अध्ययनमा मन नजादा पढाई लेखाई बिचमै रोकिन सक्छ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने राम्रै आम्दानि हुँने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुनेछ । अध्यानमा प्रगति भएर जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । खेलकुद तथा यस्तै शाहशिलो काममा समय लगानि गर्नेहरुले सकारात्मक नतिजा हात पार्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाँफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुँन सक्छ । गलत ब्यात्तिहरुले प्रभावमा पारेर गलत निर्णय गराउँनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ । राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । बिहानको समयमा लामो दुरिको यात्राको तय हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले आफन्त तथा अग्रजहरु सँग बिवाद बढ्न सक्छ ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई काम गर्न गाह्रो हुनेछ । कर्म प्राप्तिको निम्ति लामो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । माया प्रेममा सामान्य बिवाद बढ्ने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् । ज्योतिषी तारानाथ भण्डारी ।