अस्ट्रेलियाविरूद्ध भारत पहिलो दिनमै हावी हुँदै, पहिलो दिनको समाप्तिमा ४ विकेट गुमाउँदै ३०४ रन बनायो !

एजेन्सी, १९ पुस । अस्ट्रेलियासँगको अन्तिम तथा चौथो टेष्ट क्रिकेटको पहिलो दिन अष्ट्रेलियामाथि भारत हावी भएको छ ।

अष्ट्रेलियासंगको अन्तिम टेष्ट क्रिकेटको पहिलो दिनको समाप्तिमा भारतले ४ विकेट गुमाउँदै ३०४ रन बनाएको छ ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले चेतेश्वर पुजाराको शतकीय इनिङ्ससँगै ४ विकेटको क्षेतीमा ३०४ रन बनाएको हो ।

पहिलो दिनको समाप्तिमा पुजारा १३० र हनुमा विहारी ३९ रन बनाएर क्रिजमा छन् ।

भारतका लागि ओपनर मयङ्क अग्रवालले ७७, के एल राहुलले ९, कप्तान विराट कोहलीले २३ तथा अजिन्का रहाणेले १८ रन जोडेका थिए ।

पुजाराले आफ्नो चौथो टेस्ट म्याचमा तेस्रो शतक पुरा गरेका हुन् ।