सन्नी लियानीले यसरी मनाइन श्रीमान डेनियलसँग ‘न्यू इयर’ (तस्बिर सहित)

काठमाडौ, १९ पुस । पुर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीको नयाँ बर्ष झकास बितेको छ ।

सन्नी आँफैले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरले उनको नयाँ वर्ष भब्य बितेको भनेर अनुमान लागाउन कसैलाई गारो पर्दैन । उनले सेयर गरेको तस्बिरमा श्रीमान डेनियल वेबर र साथीहरुसँग खुब रोमान्टिक मुडमा देखिन्छिन् ।

सन्नी लियोनीको जन्म करेनमा १३ मे १९८१ भएको थियो । भने उनले दुइवटा देश क्यानडा र अमेरीकाको नागरिकता लिएकी छिन् । उनी सन् २००३ मा पेन्टहाउस पेट अफ द इयर को लागि मनोनित भइन् र विविड इन्टरटेन्टमेन्टको लागि पनि अनुबन्धित स्टार भइन् । त्यसैले उनलाई मैक्सिम द्वारा २०१० मा १२ शीर्ष अश्लील कलाकारहरुमा मनोनित गरिएको थियो । भने उनले सन् २०११ मा अश्लील चलचित्रका नायक लियोन ड्यानिल वेबरसँग विवाह गरेकी थिइन् ।

बलिउडमा भने उनले सन २०१२ मा पुजा भट्टद्वारा निर्दे्शित बलिउड चलचित्र जीसम २ मा अभिनय गरिन् । त्यसपछि अभिनयलाई कायम राख्दै उनले ज्याकस्पट , रागिनि एमएमएस २ ,एक पहेली लिलामा अभिनय गरिसकेकी छिन् । सन् २०११ मा उनी भारतिय टेलिभिजन कार्यक्रम बिग बोसमा सहभागी बनिन् र एकाएक चर्चामा आइन् । उनले अर्को टिभी कार्यक्रम स्प्लिट्सभिलामा पनि सञ्चालकको भूमिका निभाएकी छिन् ।

भने उनी अभिनय जगत् भन्दा बाहिर विभिन्न सामाजिक कार्यहरूमा पनि चाँसो राख्ने गरेकी छिन् । अमेरिकी क्यान्सर समाजका लागि चन्दा उठाउने सहयोग र पेटा, एक अमेरिकी जीवजन्तू अधिकार संस्था, का लागि उनले चेतना अभिवृद्धि कामहरूमा सहभागी भएकी छिन् ।

तस्बिर हेर्नुहोस् :