तस्करहरुले जंगलबाट ल्याउँदै गरेको अवैद्य काठ बरामद

 आलोक यादव 

सिरहा , पौष १९ गते । तस्करहरुले जंगलबाट ल्याउँदै गरेको अवैद्य काठ सिरहा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा मातहत ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी गस्ती टोलीले गोलबाजार नगरपालिका ६ नजिकबाट लुकाई छिपाई ४ ओटा साईकलमा लैजाँदै गरेको सालको १० ओटा काठ गोलिया बरामद गरेको हो ।

गोलिया ल्याउदै गरेको मानिसहरु प्रहरी गस्ती टोली देख्नासाथ साईकल र काठ छाडी फरार भएका थिए । उनीहरुले छाडेर भागेको ४ वटा साईकल सहित सालको १० ओटा गोलिया बरामद गरेको प्रहरीले जनाएको छ । बरामद साईकल र काठ थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय लहान सिरहामा बुझाएको छ । जिल्ला प्रहरी प्रमुख जीवन श्रेष्ठले जानकारी दिए ।