दिपक मनाङ्गेले यसरी गरे नेपाल प्रहरीको भण्डाफोर,भन्छन: म गुण्डा होइन (भिडियो)

काठमाडौँ। सर्वोच्च अदालतको आदेशमा छुटेका गुण्डा नाइके भनिने दीपक मनाङे (राजीव गुरुङ) हालै चर्चित पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा एक अन्तरबार्ता लिएका छन्। विभिन्न मुद्दामा ७ पटक जेल परेका गुरुङ आफु गुण्डा नभएको बताएका छन्।

प्रहरीले आफूलाई झूठा मुद्धा लगाएर फसाउने काम गरेको आरोप लगाउँदै नेपाल प्रहरी निकम्मा रहेको पनि बताए। साथै दश बर्षमा जनयुद्द चल्नुको कारण नै प्रहरी भएका बताएका छन् ।

मनाङ जिल्लाबाट प्रदेश सभामा विजयी भएपनि मनाङेले शपथ लिन भने पाएका छैनन्। अन्तर्वार्ताको क्रममा मनाङे भन्छन्,”मलाई प्रहरीले गुण्डा बनाएको हो । म जनताको माझ लोकप्रिय छु: प्रहरीले नै गुण्डा जन्माएको छ । प्रहरीको दमन सहन नसकेर धेरै युवाहरूले गुण्डाको बाटो लिएका छन ।”