वाइडबडी खरिद प्रकरणमा डा.बाबुराम भट्टराईको झटारो: राजिनामा नदिए पदबाट गलत्याउनु पर्छ

काठमाडौँ,१९ पुष। पूर्वप्रधानमन्त्री एवम नँया शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले वाइडबडी खरिद प्रकरणमा दोषी ठहर भएकाहरुले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका छन्।

बिहिबार ट्वीटरमा ट्वीट गर्दै डा.भट्टराईले अब कुनैपनि ढाकछोप गर्ने समय नरहेको भन्दै नैतिकता हुनेहरुले राजिनामा दिनुपर्ने र नहुनेहरूलाई सरकारले आफैं गलत्याउनु पर्ने बताएका हुन्।

यस्तो छ ट्वीट:

‘फाटेको जालीले छेकेको, छेके पनि छर्लंगै देखेको !’ यो जनवादी गीतजस्तै वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजे पनि छोपिन्न ! सिधै निर्मातासँग नकिनी नक्कली कम्पनी खडा गरेबाटै दालमा कालो देखिएको हो ! त्यसपछि त‘ ! नैतिकता हुनेले राजीनामा दिउन्स नहुनेहरू गलहत्याइयून् ! जो मर्जी !’