नँयाबसपार्क नजिकै विष्णुमति खोलामा युवकको शव फेला

काठमाडौँ,१८ पुष । काठमाडौँको नँया बसपार्क नजिकै विष्णुमति खोलामा एक पुरुषको शव फेला परेको छ।

गोरखा घर भई राजधानीमा बसोबास गर्दै आएका धोबिचौरस्थित पब्लिक युथ क्याम्पसमा बिबिएस तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थी अनुज सिम्खडाको शव विष्णुमतिमा भेटिएको हो।

सिम्खडाको शव बुधबार साँझ भेटिएको र अहिले पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंजमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी गत पौष १० गतेदेखि सम्पर्कबिहिन भएका थिए।

अनुजकी बहिनि सुनिता सिम्खडाले फेसबुकमा आफ्नो दाजु पुष १० देखि हराएको र फेला पार्नुहुनेले प्रहरीमा खबर गरिदिन वा फोन गरिदिन भन्दै मोबाइल नम्बर राखेर सामाजिक संजालमा पोस्ट गरेकी थिईन।

उनले पोष्ट गरेको केहि दिनपछिनै शव फेला पर्नुले अनुजको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धन भइरहेको छ।