कारागारमा रहेका रेशम चौधरीले आज सपथ लिदै

काठमाडौं,१९ पुष। २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनाका मुख्य आरोपी भनिएका रेशम चौधरीले आज सपथ लिने भएका छन्। २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता रेशम चौधरीले आज सपथ लिँदैछन्।

टीकापुर घटनामा संलग्न भएको आरोपमा चौधरीसहित २७ जनामाथि मुद्दा चलाइएको थियो। फरार अवस्थामै चुनाव लडेर जितेका उनले चुनावमा विजयी भएको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएपछि आत्मसमर्पण गरेका थिए।