ससुरालीमा अपमानित भएपछि आफ्ना बच्चासहित ६ जनाको गोली हानी हत्या !

बैंकक, १९ पुस । ससुराली खलकद्वारा अपमानित भएको महशुस भएपछि एक व्यक्तिले आफ्ना बच्चाहरुसहित परिवारका ६ सदस्यको हत्या गरेका छन् ।

नयाँ बर्ष मनाउने क्रममा थाइल्यान्डमा यस्तो घटना घटेको हो ।

ती व्यक्तिले आफ्ना दुई बच्चा लगायत ६ सदस्यको गोली हानी हत्या गरेको र आफैँलाई पनि गोली हानेका थिए ।

ती व्यक्तिको पहिचान सुसिप सोर्सग् भएको प्रहरीले जानकारी दिएको छ ।