नेपालमा ४९ हजार नर्स बेरोजगार

काठमाडौं, १९ पुस । देशमा नर्सहरुको बेरोजगारीले सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार बनेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार ८ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् । काउन्सिलका अनुसार ७ हजार नर्स रोजगारीका लागि विदेशिएका छन् । यस्तै काउन्सिलमा दर्ता भएका ५ हजार नर्सको मृत्यु भइसकेको छ ।

४८ हजार ८ सय ६ नर्स देशभित्रै बेरोजगार छन् ।