१८ लाखको हवाई टिकट ७५ हजारमा पाउने ती भाग्यमानी यात्रु को हो ?

एजेन्सी, १९ पुस । क्याथे प्यासिफिक एअरलाइन्सका एक यात्रुको लागि सन् २०१९ को शुरुवात नै सरप्राइजको प्याकेज बन्यो । ती यात्रुले इकोनोमी क्लासको टिकट किनेर विजनेस क्लासको सिटमा बसी भियतनामदेखि क्यानडा र अमेरिकाको यात्रा तय गरे । तर यो कुरा स्वयं यात्रुलाई नै थाहा थिएन, एअरलाइन्सकै गल्तीका कारण यस्तो भएको हो ।

हंगकंगको क्याथे प्यासिफिक एअरलाइन्सले ती यात्रुलाई ११.२ लाख भारुको टिकटका लागि जम्मा ४७ हजार भारुमात्र लिएको हो ।

हंगकंगको कम्पनीले भनेको छ, ‘अँझै पनि ती यात्रीलाई स्वागत गर्न चाहन्छौं, जसले भियतनामदेखि क्यानडा र अमेरिकाको बिजनेस क्लास टिक इकोनोमी क्लासको मुल्यभन्दा पनि कममा किने ।’

विमान कम्पनी क्याथेले ट्वीट गरेको छ, ‘२०१९ को सबैलाई बधाई, उनीहरुलाई पनि जसले नयाँ वर्षमा हाम्रो धेरै राम्रो सरप्राइज किने । हो हामीले गल्ती गरेका थियौं, तर हामी यात्रीहरुलाई सोही टिकटअनुसार स्वागत गर्छौ । आशा छ यो तपाईँहरुका लागि नयाँ वर्षको स्पेशल उपहार हुनेछ ।’

३१ डिसेम्बरमा ट्राभल एजेन्सी साईट्समा यात्राको निकै कम भाडा देखाइएको थियो । पछि यसमा सुधार गरियो । तर, कम्पनीले हालसम्म सो मुल्यमा कति टिकट विक्रि भए केही खुलाएको छैन ।

यो नयाँ वर्षको उपहार कम्पनीका लागि निकै चुनौतीपूर्ण बन्ने देखिन्छ । किनकी गएको वर्ष २०१८ मा कम्पनी घाटामा गएको बताइएको छ ।