‘समितिको अन्तिम निर्णय र त्यसपछि आउने प्रतिवेदनपछि मात्रै नेकपाले वाइडबडी प्रकरणबारे आफ्नो धारणा सार्बजनिक गर्छ’ : प्रबक्ता श्रेष्ठ

काठमाडौँ, १९ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वाइडबडी प्रकरणमा संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले ल्याएको प्रतिवेदनमा समितिको अन्तिम निर्णय र त्यसपछि आउने प्रतिवेदन अध्ययनपछि मात्र आफनो धारणा सार्वजनिक गर्ने भएको छ ।

वाइडबडी अध्ययन अनुसन्धान गर्न गठित उपसमितिले बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई समेत दोषी ठहर्‍याउँदै कारवाही सिफारस गरेको सार्बजनिक भएपछि अहिले नेकपा यस बारेमा आफ्नो धारणा पछि हटेको हो ।

कपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनका विषयमा पार्टीभित्र छलफल भएको छैन । औपचारिक धारणा बनेको छैन। उपसमितिले अहिले प्रतिवेदन समितिलाई बुझाएको छ । समितिले त्यसलाई कुन रुपमा लिएर अन्तिम निर्णय लिन्छ, त्यसपछि मात्रै नेकपाले आफ्नो धारणा राख्ने छ ।’