काठमाडौंबासीले तीन करोड रुपैयाँ त पिसाब बेचेरै कमाउन सक्छन (भिडियो)

काठमाडौं । कृषि वैज्ञानिक तथा नया शक्ति नेपालका नेता मदन राईको घर ललितपुर जिल्लाको ढोलाहिटीमा छ । उनको घर वरिपरी नर्सरी भन्दा पनि धेरै थरिका फुल,तरकारी देखि फलफुल सम्म बारैमास फलिरहेका हुन्छन ।

त्यहाँ प्रयोग हुने मलजल नै राई परिवारका सदस्यको दिसापिसाब हो । दिसापिसाबलाई प्रांगारिक मलमा रुपान्तरण गर्नु पर्ने राईको मान्यता छ । उनी त्यही गरिरहेका छन् केही वर्षदेखि । उनको सानो करेसाबारीमा कसरी व्यवस्थित कृषि गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

आफ्नै परिवारको मलमुत्रलाई प्रांगारिक मलमा रुपान्तरण थालेको नै १० वर्ष भइसकेको उनी बताउँछन् । उनको विद्यालयमा पनि यही शैलीमा मलमुत्र संकलन हुन्छ, र प्रयोग पनि ।