बलिउड चर्चित नायिका कंगनाको जन्मदिन, कति बर्षमा लागिन् उनी ? जान्नुहोस्

एजेन्सी, ९ चैत्र । आज बलिउड चर्चित नायिका कंगना रनावतको जन्मदिन हो । उनका लाखौँ फ्यानलाई चासो हुन सक्छ कि उनि आजबाट कति बर्षमा लागिन् भनेर । अभिनेत्री कंगना रनावत आजबाट ३२ वर्षमा लागेकी छिन् । उनी २३ मार्चमा जन्मेकि हुन् । उनको हालै रिलिज भएको फिल्म ‘मणिकर्णिका’ले निकै चर्चा पायो । भारतिय मिडियाका अनुसार जन्मदिनमा उनले कुनै विशेष योजना भने नबनाएको बताइएको छ ।

उनी फिल्म ‘मेन्टल है क्या’सँग जोडिएको एक अभियानको सुटिङमा व्यस्त हुने बताइएको छ । यसअघि आफू जन्मेको घरमा जन्मदिन मनाउने भनेकी अभिनेत्रि कंगना रनौतले फिल्म पंगाको सुटिङ गर्नुपर्ने भएकाले कुनै विशेष योजना बनाइनन् ।