बलिवुड अभिनेत्री श्रद्दा कपुर र नेपाली युवक रोहण श्रेष्ठ बीचको बिबाहको खबर भाइरल बनेपछि श्रद्दाका बुबा शक्ति कपुरले मुख खोले

एजेन्सी । अभिनेत्री श्रद्दा कपुर र नेपाली युवक रोहण श्रेष्ठ बीचको प्रेम सम्बन्ध र बिबाहको बारेमा श्रद्दाका बुबा अभिनेता शक्ति कपुरले मुख खोलेका छन । उनले एक वेबसाइटमा प्रतिक्रिया जनाउदै भनेका छन – यी सब बकवास हुन् । यसमा सत्यता छैन । आगामी ४–५ वर्षसम्म श्रद्धाको बिहे गर्ने कुनै योजना छैन । उनीसँग धेरै फिल्म छन् । उनी यिनै फिल्ममा केन्द्रित छिन् ।’ शक्तिले अगाडि भने कि उनकी छोरीले सबै कुरा शेयर गर्छिन् र केही लुकाउँदिनन् त्यसैले उनले बिहे पनि मातापिताको अनुमति नलिइ गर्दिनन् ।

भारतीय मिडिया लगायत नेपाली मिडियामा पनि श्रद्दा र फोटोग्राफर रोहणको बिबाहको खबरले राम्रै ठाउ पाएको थियो । यस विषयमा श्रद्दा र रोहणले भने केहि बोलेका छैनन् ।

टाइम्सनाउ न्युजका अनुसार श्रद्दा र रोहणका परिवारहरु निक्कै लामो समय देखि नजिकका मिल्ने परिवार जस्तै रहेका छन ।

श्रद्धा भने लगातार सुटिङमा व्यस्त छिन् । श्रद्धाका तीन फिल्म लगातार रिलिजको पर्खामा छन् । साहो, छिछोरे र स्ट्रिट डान्सर प्रदर्शनको तयारीमा छन् ।