जाडो मौसममा ९० प्रतिशत मानिस गर्छन् यी गल्तीहरु

काठमाडौँ । जाडो मौसममा तपाई आफ्नो स्वास्थ्य र सुन्दरतामा विशेष ख्याल राख्नुहुन्छ र थुप्रै सावधानीहरु पनि अपनाउनुहुन्छ। तर कतै यहीं सावधानीले नै तपाईको स्वास्थ्यमा प्रतिकूल असर पार्ने त होइन, यसमा पनि ध्यान दिनु पर्ने हुन्छ। आफ्नो स्वास्थ्यको खातिर अपनाईएका यी अतिरिक्त सावधानीहरु नै तपाईको लागि समस्या बन्न सक्छ।

१. जाडो मौसममा चिसोबाट बच्नको लागि यदि तपाई पूरा दिन र पूरा रात आफ्नो हातगोडालाई न्यानो कपडाले ढाकेर राख्नुहुन्छ भने यसो गर्दा तपाईको स्वास्थ्य बिग्रन सक्छ। यसो गर्दा शरीरमा आवश्यकता भन्दा अधिक गर्मी पैदा हुन्छ, जसले तपाईलाई वान्ता या पेट दुख्ने समस्या सुरु हुन् सक्छ।

२. मौसम ठण्डा हुने कारण यस मौसममा प्यास धेरै लाग्दैन। तर यसको मतलब यो बिल्कुल हैन कि तपाईले पानी नै पिउनुपर्दैन। शरीरमा तरलता पूर्ति र आन्तरिक अङ्गको कार्यलाई प्रभावकारी बनाउन पानी पिउन जरुरी छ। यसबाहेक पाचनको लागि पनि पानीको आवश्यक छ।

३. जाडोमा तपाई तात्तातो हलुवा, आलुपराठा, मिठा या मसालेदार खानेकुरा खान मन पराउँनुहुन्छ। तर दैनिक यस्ता चिजहरु सेवन गर्दा तपाईको वजन बढ्न सक्छ र साथै शरीरमा कोलेस्ट्रोलको स्तर बढाउँन् सक्छ। जुन तपाईको लागि घातक हुनेछ।

४. जाडोका दिनहरुमा स्वास्थ्यको साथ-साथै त्वचाको पनि ख्याल गर्नु पर्ने हुन्छ। त्वचालाई सुख्खापनबाट बचाउनको लागि तपाई बारम्बार त्वचामा तेल या क्रिम लगाउनुहुन्छ भने सावधान ! यसो गर्दा धुलो, माटो र किटाणु तपाईको त्वचामा टाँसिई त्वचालाई नोक्सान पुर्याउन सक्छ।

५. जाडोमा तपाई यदि आइसक्रिम, कुल्फी खान सौखिन हुनुहुन्छ भने होशियार ! किनकी यी चिजहरुले तपाईको घाँटीमा संक्रमण पैदा गर्न सक्छ।