आज राति १२ बजेदेखि लागु हुने गरी घट्यो पेट्रोलियम पदार्थको मूल्य !

काठमाडौं, १८ पुस । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

मूल्य घटेसँगै अब पेट्रोलको मुल्य प्रतिलिटर १ सय ८ रुपैयाँ भएको छ । मट्टीतेल र डिजेलको मूल्य ९५ रुपैयाँमा कायम भएको छ ।

यसबाहेक अन्य पदार्थको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । समायोजन गरिएको मूल्य बुधबार राति १२ बजेदखि लागू हुने छ ।