तीन महिनादेखि बेपत्ता यी वडाध्यक्ष कस्तो अवस्थामा होलान् ?

काठमाडौं ९ चैत । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष वेपत्ता भएको तीन महिना पुगेको छ ।

वडा अध्यक्ष विष्णुप्रसाद भुसाल पुस २ गतेबाट वेपत्ता रहेका पारिवारिक स्रोतले जानकारी दिएको छ ।

विनोद भनेर चिनिने उनी पुस २ गते बिहान करिव ७ बजेको समयमा डाँडाकटेरी स्थित घरबाट निस्केका थिए । उनी हालसम्म पनि फेला परेका छैनन् ।

उनका दाजु जीवलाल भुसालले अहिलेसम्म भाइ भेटिन नसकेको भन्दै राज्यले पनि खोजछिबमा ध्यान नदिएको आरोप लगाए ।

लु १ ब १७४५ नम्वरको मोटरसाईकल बनाउन हिँडेका उनी यामाहाको स्वरुममा छाडेर हालसम्म पनि बेपत्ता छन् ।