ललितपुरको ठेचोबाट हात हतियार सहित ७ जना विप्लवका कार्यकर्ताहरु पक्राउ

ललितपुर, ९ चैत्र । ललितपुर जिल्लाको ठेचोबाट हात हतियार सहित ७ जना पक्राउ परेका छन । प्रहरीले एउटा पेस्तोल र भरुवा बन्दुकसहित सात जनालाई पक्राउ गरेको छ ।

स्कोर्पियो गाडीलाई रोकेर चेक गर्ने क्रममा हतियार फेला परेपछि ठेचोबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु नेत्रविक्रम चन्द नेतृत्वको (नेकपा)का कार्यकर्ता हुन सक्ने अनुमान गरिएको छ । थप अनुसन्धानका लागी उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।