मोदिका प्रखर आलोचक बलिउड भिलेन प्रकाशराज कर्नाटक राज्यबाट लोकसभा निर्वाचन लड्ने !

एजेन्सी, ९ चैत्र । बलिउड चर्चित भिलेन प्रकाश राजले आसन्न लोकसभा निर्वाचन लड्ने भएका छन् ।

प्रकाशले बेंगलुरु सेन्ट्रलबाट शुक्रबार स्वतन्त्र उमेद्वारी दर्ता गराएका हुन् ।

प्रकाशले जनवरी पहिलो दिन नै निर्वाचनमा सहभागी हुने घोषणा गरिसकेका थिए । उनलाई तेलांगाना राष्ट्र समितिले समर्थनको प्रत्याभुत गराएकाले त्यही राज्यबाट चुनाव लड्ने अनुमान गरिएको थियो ।

तर हाल आएर उनले कर्नाटक राज्यबाट उमेद्वार दिएका छन् । प्रकाश अघिल्लो विधानसभा निर्वाचनदेखि सत्तारुढ भाजपा र मोदीका नीतिहरुको प्रखर आलोचक रहदैं आएका छन् ।