१६ बर्षीय किशाेरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा कांग्रेसका यी कार्यकर्ता पक्राउ

काठमाडाैँ. ९ चैत्र । १६ वर्षीया किशोरीलाई पटक पटक बलात्कार गरेकाे आरोपमा कांग्रेसका एक नेता पक्राउ परेका छन् ।

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ र एनआइसी एशिया बैंकका ब्राञ्च म्यानेजर सुवास सुवेदी पक्राउ परेका हुन् ।

श्रेष्ठले किहाेरीलार्इ पटकपटक बलात्कार गरेको र सुबेदीले यौन दुब्र्यबहार मात्र गरेको आरोप पीडित किशोरी जानकारी दिएकी छिन् । श्रेष्ठ र सुवेदी अहिले कास्की प्रहरी हिरासतमा छन् ।

ती किशोरी लेकसाइडकै एक पहारीको घरमा बस्दै आएकी थिईन् । विगत ६–७ वर्षदेखि सोहि घरमा काम गर्दै स्थानीय एक विद्यालयमा कक्षा ८ मा पढ्छिन् । विहीबार बेलुकी एक्कासी उनी घर छाडेर हिँडिन् । साथीकोमा गएर रुँदै मर्छु भन्न थालिन् । प्रहरीसँगको प्रारम्भिक बयानलाई उद्दृत गर्दै श्रोतले भनेको छ, त्यसपछि मात्र साथीसँग उनले श्रेष्ठ र सुवेदीले गरेको कर्तुत भन्न थालिन् ।

सुन्दर श्रेष्ठको घरको आडमै ति किशोरीले आश्रय लिएर बसेको घर छ । झ्यालबाट नै गएर यौन कार्य गरेर फर्कने गरेको बयान किशोरीको छ ।

बैंकका शाखा प्रमुख सुवेदीले भने बलात्कार नै नगरेको तर संवेदनशील अंग चलाउने, यौन दुव्र्यवहार गर्ने गरेको आरोप किशोरीको छ ।

अहिले किशोरीलाई मेडिकल परीक्षण गरिएको बताएपनि प्रहरीले थप जानकारी दिन मानेकाे छैन । कास्की प्रहरी प्रमुख एसपी ओम रानाले आफू तीन दिने बिदाको लागि काठमाण्डौ रहेको तर श्रेष्ठ र सुवेदी पक्राउ परेको पुष्टि गरेका छन् ।