छत्रदेव १ अर्घाखाँचीका सुरोज टन्डनले ब्यवस्थापन सङ्कायबाट बैंकिङ क्षेत्रमा Phd उपाधि हाँसिल गरे

सुशील खनाल,काठमाडौं,१८ पुस । अर्घाखाँची छत्रदेव १ चिदिकाका स्थायी बासिन्दा सुरोज टन्डनले नेपालको बैंकिङ्ग र वीमा क्षेत्रका कर्मचारीको आन्तरीक बजारीकरण, प्रतिवद्धता, यस क्षेत्रको विद्यमान अवस्था, कार्य सम्पादन विषयमा विद्यावारिधीको सोध गरेका हुन् । त्रिभुवन विश्वविद्यालय बाट ब्यबस्थापन सङ्काय अन्तर्गत उनले बिद्यावारिधी पाएका हुन् ।हाल कृषि विकास बैंक लि, काठमाडौका शाखा प्रमुखका रुपमा रहेका टण्डनले आफ्नो सोधमा नेपालको बैंकिङ्ग र वीमा क्षेत्रका कर्मचारीको आन्तरीक बजारीकरण, प्रतिवद्धता, यस क्षेत्रको विद्यमान अवस्था, कार्य सम्पादनसँग सम्बन्धीत रहनुका साथै यस क्षेत्रका कर्मचारी तथा व्यवस्थापकको धारणा समेतको अध्ययन तथा विश्लेषण गर्दै यसले वित्तीय क्षेत्रका साथै अर्थतन्त्रमा पार्ने प्रभावमा केन्द्रीत रहेर सोधको निष्कर्ष निकालेका छन् । साथै अनुसन्धानमा वित्तीय क्षेत्रका कर्मचारीहरुको कार्यसम्पादन बढाउन कुन विधि र प्रक्रियाको प्रयोग गर्दा प्रभावकारी हुन सक्छ भन्ने पक्षको समेत राम्रो विश्लेषण गरेका छन् ।

वित्तीय क्षेत्रको कर्मचारी भनेको लगानीकर्ता, ग्राहक, सेवा प्रवाहकर्ताका साथै सम्पत्ति पनि भएकोले समग्र संगठनात्मक सुधारको लागि सेवामा गुणस्तर र परिणाममा सुधार ल्याउन धेरै विद्धानहरुले आ—आफ्नो अवधारणा प्रस्तुत गरे पनि वास्तवमा आन्तरीक बजारीकरण भनेको व्यवसायिक कला तथा रणनीति हो, जसले एक संस्थाको मात्र नभै समग्र प्रणालीलाई गति प्रदान गरेको हुन्छ । तसर्थ एक संस्थाको व्यवस्थापकले कार्यरत कर्मचारीको उत्पादकत्व बढाउन पारिश्रमिक, पुरस्कार, तालिम, अवसर, आन्तरीक समन्वय, संचार र सहभागीता जस्ता पक्षहरुले कर्मचारी प्रतिवद्धतामा अभिबृद्धि गराउदै संस्थागत लक्ष्य तथा प्रगति हासिल गरी अर्थव्यवस्थामा सहयोग पुग्ने अनुसन्धानबाट देखिएको छ ।

नेपालमा यस प्रकारको अनुसन्धान पहिलो पटक गरिएको हुँदा यसको प्रभावकारीता समय सापेक्ष देखिन्छ । वास्तवमा आन्तरीक बजारीकरण सबै प्रकारका संस्थाहरुको लागि अति उपयोगी र यसका रणनीतिक औजारहरुले सम्बन्धीत संस्था र समग्र अर्थव्यवस्थामा सधै सकारात्मक प्रभाव पार्ने देखिएको छ ।