३८ वर्षीय एक महिलालाई यसरी पशु सरह डोरीले बाधेर राख्न बाध्य, सहयोगको लागि सक्दो शेयर गरौ (हेर्नुहोस भिडियो)

मधुमल्ला । बुढेसकालका साहारा दुई छोरा एकपछि अर्को गर्दै गुमाएकी मिक्लाजुङ गाउपालिका–६ की ७८ वर्षीया सनमाया महरा दर्जीको व्यथा सुनिनसक्नुको छ । भएकाहरू पनि साथमा छैनन्, दुई दशक लाग्यो, साइलो छोरो भारतको कोइलाखात गएको । अझै फर्किएको छैन । जेठो छोरो पाचथरमा छन् । उनी आफै दीर्घ रोगी छन् । कमाइ गर्ने छोराहरू एकपछि अर्को गर्दै मृत्यु भएपछि उनी अहिले बेसाहारा बनेकी छन् । साहाराको नाममा दुई नाती छन् । त्यही नातीको अनुहार हेर्दै दिन कटाउँदै छिन् । ३८ वर्षीया एक छोरी छन् । तर, छोरीलाई उल्टै हेर्नुपर्ने बाध्यता उनको काँधमा छ ।

हरेक दिन जङ्गली हात्तीले दुःख दिन्छ । बासले बारेको झुपडी छ । त्यही झुपडीबाट पनि कहिलेकाही भाग्नुपर्छ । भएकी छोरीको साहारा पनि सनमाया नै हुन् । ‘अन्नको नाममा एक गेडो केही छैन, अर्काकोमा बनिबुतो गर्न जानुपर्छ । छोरीको भर छैन, बाधेर राख्दा पनि कहिलेकाही दाम्लो चुडाएर भागिदिदा रात दिन खोज्नुपर्छ ।’ सनमाया दुखेसो पोख्छिन् । सम्पत्तिको नाममा ४–५ वटा चल्ला र कुखुराको माउ छ । २–४ झुत्ता मकै छ । ‘घरको आर्थिक अवस्था सुधार्ने भन्दै बिदेश हानिएकी कान्छी बुहारी नेपाल फर्किएपछि अर्कैसँग हिडी ।’ उनी भन्छिन्, ‘बुहारी हिडेपछि मानसिक रूपमा विक्षिप्त बनेको छोरोले गत साउनमा आत्महत्या गर्यो ।’ त्यही छोराका ११ र १४ वर्षका दुई नाती छन् ।

त्यही नातीलाई काखी च्यापेर माइलो छोरोको शरणमा पुगेको केही महिना बित्न नपाउदै क्यान्सरबाट उसको पनि निधन भएको उनी बताउँछिन् । अहिले दुई नातीलाई हेरेर उनको जीवन भरथेग गरिरहेकी छन् । केही दिनअघि जङ्गली हात्तीले भत्काइदिएको झुपडीमा फेरि शरण लिन पुगेकी छन् । भन्छिन्, ‘तीन छोरा गुमाइसके अब नाती गुमाउन चाहान्न ।’ भत्किएको छानो कसरी टाल्ने उनलाई थाहा छैन । तर, उनी यति कामना गर्छिन् ‘भत्किएको छानो र उध्रिएको बेरा कसरी लगाउने आफूलाई थाहा छैन, छानोले नथिचोस्, चिसोले नाती नखोसोस् । भगवानसग यही पुकार्दैछु ।’ एक मात्रै जिउने साहारा नातीहरू छन् । सरकारले सामाजिक सुरक्षा भत्ता दिएको छ । त्यही भत्ताले नातीहरूको खानपान धान्दै छिन् । अझै कति दिन चल्ला यस्तै सोचबाट दैनिक जीवन गुजारिरहेकी छन् ।

भिडियो हेर्नुहोस :