पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षीय गोरख चौधरीको मृत्यु !

दाङ, ९ चैत्र । दाङमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प ८५६२ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी घाइते भएका दंगिशरण गाउँपालिका वडा नं ६ थपगाउँ निवासी १८ वर्षीय गोरख चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

दुर्घटनामा परी गम्भिर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो । हाल घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पिकअप चालक फरार रहेको र उनको खोजि भैरहेको प्रहरीको भनाइ छ ।