दिल्लीको तापक्रम बढ्यो, अहिल्यै पुग्यो ३२ डिग्री सेल्सियस

नयाँ दिल्ली, ९ चैत । भारतको राजधानी नयाँ दिल्ली र यस वरपरका क्षेत्रमा वायुको ताप उच्च वृद्धि भएको छ ।

नयाँ दिल्लीसहित गुरुग्राम, फरिदावाद, नोइदा, घाजिआबाद लगायतका ठाउँमा गत बुधबारसम्ममा सामान्य तापक्रम रहेकोमा गत ७२ घण्टामा अत्यधिक तापक्रम वृद्धि भएको हो ।

मौसम विभागले दिएको जानकारी अनुसार बिहीबार बिहानको तापक्रम ३१ डिग्रि सेल्सियस थियो भने शुक्रबार बिहानको तापक्रम अझ बढेर ३२ डिग्री सेल्सियस पुगेको थियो ।

मार्च महिनाको अन्त्य सम्ममा यस क्षेत्रको तापक्रम ३६ डिग्री सेल्सियस पुग्ने अनुमान मौसमविद्हरुले गरेका छन् । उनीहरुले अप्रिलको दोस्रो हप्तासम्ममा त्यो तापक्रम बढेर ४० डिग्रीसम्म पुग्न सक्ने बताएका छन् ।

तापक्रम बृद्धिसँगै वायुको गुणस्तर पनि कमजोर हुँदैगएको छ । दिन प्रतिदिन वायुको गुणस्तर खस्किदै गएको अधिकारीहरूले जनाएका छन् ।