ब्राजिलका पूर्वराष्ट्रपति मिसेल टेमर पक्राउ, पक्राउ पर्नुको कारण यस्तो रहेछ

एजेन्सी, ९ चैत्र । ब्राजिलका पूर्वराष्ट्रपति मिसेल टेमरलाई साओ पाउलोस्थित निजी निवासबाट भ्रष्टचारको आरोपमा पक्राउ गरिएको छ ।

राजनीतिकर्मी र कर्मचारीतन्त्रका विचमा तालमेल गरेर सन् २०१४ मा भ्रष्टाचार गरेको अभियोगमा प्रहरीले उनालाई पक्राउ गरेको हो ।

पूर्वराष्ट्रपति टेमरलाई अहिले त्यहाँको संघीय प्रहरीले रियो दि जेनेरियो लगे को छ । सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बनेका टेमर पदमा बहालकै बेला भ्रष्टाचारको अभियोग लागेपछि पदमुक्त भएका थिए ।

उनलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धिकरणका विषयमा थप छानविन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रमुख राजनीतिज्ञमा पुर्वराष्ट्रपति लइज इनाकिओ जुला डा सिल्भा र पुर्व खनिज तथा उर्जा मन्त्री मोरेइरा फ्रान्सोलाई पनि यस्तै अभियोगमा गरिएको छ । पूर्वराष्ट्रपतिले भने आफुमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् ।