अमेरिकाले नेपाललाई बिना शर्त डेढ खर्ब सहयोग गर्ने

काठमाडौं, ९ चैत्र । अमेरिकाले पाँच वर्षभित्र नेपाललाई दिने सहयोग डेढ खर्ब रूपैयाँ बराबर पुर्याउने भएको छ ।

२४३ औं राष्ट्रिय दिवस मनाउने क्रममा अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले अमेरिकाले नेपालाई बिना कुनै शर्त यो सहयोग दिन लागेको प्रष्ट पारेका हुन् ।

नेपाल र अमेरिकाबीच ७२ वर्ष लामो सम्बन्ध रहेको बताउँदै राजदूत बेरीले अमेरिकाले साझेदारको रुपमा सहयोग गर्न लागेको उल्लेख गरे । उनले दुई देशबीचको यस्तो सहयोग र सम्बन्ध निरन्तर रहिरहोस भन्ने कामना समेत गरे ।

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ मा मनाउने गरिएकोमा उक्त समयमा मनसुन पर्ने कारणले केही महिना अघि नै मनाउने गरिएको छ ।