डेढ करोड नेपालीको शरीरमा क्षयरोगका किटाणु !

काठमाडाैं, ९ चैत्र । करिब डेढ करोड नेपालीको शरीरमा क्षयरोगका निस्क्रिय किटाणु रहेको एक अनुसन्धान.ले देखाएको छ । चिकित्सकीय भाषामा यसलाई ‘लटेन्ट टीबी’ अर्थात् निष्क्रिय क्षयरोग भनिन्छ । निष्क्रिय क्षयरोगमा मानिस बिरामी पर्दैन र त्यस्ता व्यक्तिबाट अरूमा रोग पनि सर्दैन ।

विश्व् सस्वास्थ्य संगठन(डब्लूएचओ) का अनुसार निष्क्रिय क्षयरोग भएका सय जनामध्ये १५ जनालाई भविष्यमा सक्रिय क्षयरोग हुन सक्छ ।

नेपालमा निष्क्रिय क्षयरोगीमध्ये करिब १० प्रतिशतलाई भविष्यमा सक्रिय क्षयरोग हुने सम्भावना रहेको स्थानीय विज्ञको आकलन छ ।