सेक्सको बेला भुलेर पनि यस्तो गल्ति गर्नु हुदैन

सेक्स एक प्राकृतिक कुरा हो । मानिसलाइ सेक्स चाहिन्छ तर यसबारे बोल्न भने अझै पनि आनाकानी गर्ने गर्छन । यौन शिक्षाको कमिले पनि कति कुराहरु गुम्साएर राख्नले गम्भीर रोगको शिकार पनि हुन् सक्छ। यस्तो अवस्थामा सेक्सको समय तपाई कुनै यस्ता गल्ति गर्न सक्नुहुन्छ जसले तपाईं वा तपाईंको पार्टनरलाई निराश बनाउन सक्छ । केही यस्ता कुरा जुन तपाईंले आजैबाट छोड्नुपर्ने हुन्छ:

संकोच नमान्नुस्

प्रायः जसो महिलाहरु आफ्नो पार्टनरलाई आफ्नो चाहना बताउनबाट संकोचित हुन्छिन् । यस्तो समयमा यदि उनले आफूले के चाहेको हो आफ्नो पार्टनरसँग त्यो बताउन नसकेर निराश हुन पुग्छिन् । त्यसैले आफ्नो इच्छाको बारेमा आफ्नो पार्टनरलाई बिना कुनै लाज वा संकोच बताउनु पर्छ । पार्टनरलाई खुलेर बताउनुस की कुन कुराले तपाईंलाई बढि आनन्दित तुल्याउँछ । कस्ता स्पर्श तपाईंलाई राम्रो लाग्छ ।

अर्गज्मको बारेमा झूठो नबोल्नुस्

कतिपय महिलाहरु आफूलाई सेक्सको लागि तयार गरेकी हुँदैनन् जसले गर्दा उनीहरुका लागि सेक्स बोझको रुपमा हुन थाल्छ । यस्तोमा उनीहरु सेक्सको समय चाँडै सकोस भनेर क्लाइमेक्स अर्गज्मको बारेमा झूठो बोल्ने गर्छन् । यस्तो गर्नु हुँदैन । बरु यस सम्बन्धमा पार्टनरसँग कुरा गर्नुपर्छ । यदि सेक्स गर्ने मन छैन भने एक अर्कालाई खुशि र सन्तुष्ट बनाउने नयाँ तरिकाहरु अपनाउनु पर्छ ।

सही समयमा गल कुरा नगरौं

सेक्सको समय भुलेरपनि कुनै यस्ता गफ गर्नु हुँदैन जसले तपाईं वा तपाईंको पार्टनरको मुड नै खराब गरिदियोस । जस्तै, पार्टनरको शरीरको कुनै अंगको बारेमा जसलाई तपाईं परिवर्तन गराउन चाहनुहुन्छ वा कुनै त्यस्ता कुरा जसले तपाईंलाई चिन्तामा पार्न सक्छ । अथवा अफिसमा भएका कुनै कुरा जसले तपाईंको सेक्स गर्नमा रुची नै हराएर जाओस् ।

नसामा नगरौं

उसो त रक्सी वा वाईन खाएर यौन सम्बन्ध राख्नु खराब होइन । तर, यदि तपाईंले बढि नै रक्सी सेवन गर्नु भएको छ र धेरै नसामा हुनुहुन्छ भने बढि उत्तेजीत हुन सक्नुहुन्छ वा धेरै भावुक हुन सक्नुहुन्छ । यस अवस्थामा सेक्सको मजा बढ्न सक्छ । तर, यदि तपाईं आफूलाई सम्हाल्नै नसक्ने गरि नसामा हुनुहुन्छ भने यौन सम्बन्ध नराखेकै राम्रो । किनकी तपाईंको उत्तेजना तपाईंको पार्टनरको लागि नोक्सानदेह हुन सक्छ ।

(नवभारत टाइम्सबाट)