ललितपुरस्थित सोनाम एकेडेमीको गर्ल्स होस्टलमा कक्षा १० मा पढ्ने किशोरीको शंकास्पद मृत्यु, प्रिन्सिपल र होस्टल वार्डेन पक्राउ !

काठमाडौं, ८ चैत । ललितपुरको थेचोमा रहेको एक गर्ल्स होस्टलमा बस्ने एक किशोरीको शंकास्पद मृत्यु भएको छ ।

ललितपुरको थेचोस्थित सोनाम एकेडेमीको गर्ल्स होस्टलमा बस्ने कक्षा १० मा अध्ययरत किशोरी १५ वर्षीया मेरिका रानाको शंकास्पद मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त, चापागाउँका प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) राजकुमार खिउजुका अनुसार बिहीबार दिउँसो होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा रानाको शव भेटिएको थियो ।

तर, परिवारले रानाको मृत्यु नभई हत्या भएको आशंका गर्दै किटानी जाहेरी दिएका छन् । लगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

जाहेरीपछि दुई जनालाई पक्राउ गरेर सोधपुछ थालिएको खिउजुले बताए । पक्राउ पर्नेमा एकेडेमीका प्रिन्सिपल राजकुमार योञ्जन र होस्टलका वार्डेन किशोर इशक छन् ।

उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर अनुसन्धान भइरहेको खबर अनलाइन खबरमा प्रकाशित भएको छ ।