बलिवुड अभिनेत्री श्रद्दा कपुर नेपालकी बुहारी बन्दै, को हुन् ति नेपाली युवा जोसंग प्रेम सम्बन्धमा छिन श्रद्दा

मुम्बई। अहिलेकी जल्दो बल्दो बलिवुड अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्ने खबर आएको छ । भारतीय मिडियाका अनुसार श्रद्धा कपुर र रोहन श्रेष्ठ अहिले प्रेम सम्बन्धमा रहेका छन् । उनीहरुले आगामी वर्ष सम्ममा विवाह गर्न सक्ने बताइएको छ ।

रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । रोहनको बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । रोहनको जन्म भने भारतको मुम्बईमा भएको हो । श्रद्दा कपुर र रोहण विगत एक वर्ष देखि डेड गरिरहेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

श्रद्दा कपुर चर्चित कलाकार शक्ति कपुरका छोरी हुन् । रोहनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका हुन् ।