खुशीको राष्ट्र खबर : नेपाल राष्ट्र बैंकले १२ मोडलका गाडी सस्तोमा लिलाम बिक्री गर्दै, मुल्य रू ४ लाख मात्र ! (सुचना सहित)

काठमाडौँ, ८ चैत्र । नेपाल राष्ट्र बैंकले आफ्ना पूराना सवारी साधनहरु लिलाम बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न मोडलका १२ गाडी लिलाम बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै किया, हुन्डाई र सेभ्रोलेटलगायतका ब्रान्डका १२ गाडीहरुको लिलाम बिक्री गर्न लागेको जानकारी गराएको हो ।

२००१ देखि २०१९ सम्म बनेका गाडीहरुको फरक-फरक मूल्य समेत तोकेको छ। लिलाम बिक्री गर्न लागिएको गाडी मध्ये २००१ मा बनेको किया जिप रहेको छ। यसको न्यूनतम लिलामी मूल्य राष्ट्र बैंकले ४ लाख २४ हजार रुपैयाँ तोकेको छ ।

यस्तै २००६ मा बनेको हुन्डाई गेजको न्यूनतम मूल्य ५ लाख ७८ हजार रुपैयाँ तोकिएको छ। सबै भन्दा धेरै सेभ्रोले स्पार्क लिलाम गर्न लागिएको छ। राष्ट्र बैंकले एक साथ ९ सेभ्रोले स्पार्क लिलाममा राखेको छ।

लिलाममा राखिएका सेभ्रोहरुको उत्पादन मिति २००८ र ०९ रहेको छ । सेभ्रोहरुको लिलाम बिक्री न्यूनतम मूल्य ४ लाख ७४ हजारदेखि ६ लाख १२ हजार रुपैयाँसम्म रहेको छ ।

सुचना हेर्नुहोस्-